तपाईं निम्न तरिकाले Western Union मार्फत पैसा पठाउन सक्नुहुन्छ:
- हाम्रो वेबसाइट वा Western Union को मोबाइल एप प्रयोग गरेर अनलाइनमार्फत।
- Western Union को कुनै एजेन्ट लोकेसन मा आफै गएर।
हाम्रो वेबसाइट वा Western Union को मोबाइल एप प्रयोग गरेर अनलाइनमार्फत
Western Union मार्फत पहिलो पटक मनी ट्रान्सफर1 पठाउनका लागि हाम्रो मोबाइल एप वा वेबसाइट मा एउटा प्रोफाइल सिर्जना गर्नुहोस्।
- आफ्नो Western Union प्रोफाइलमा लग इन गर्नुहोस् वा तपाईं नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने दर्ता गर्नुहोस्।
- पैसा पठाउने विकल्प चयन गर्नुहोस्।
- प्रापकको देश चयन गर्नुहोस् र रकम तथा मुद्रा हाल्नुहोस्।
- तपाईंको प्रापकले जुन माध्यमबाट पैसा प्राप्त गर्न चाहनुहुन्छ त्यो माध्यम चयन गर्नुहोस्:
- क्यास पिकअप
- बैंक खातामा जम्मा
- मोबाइल वालेट
5. आफ्नो भुक्तानी विधि रोज्नुहोस्2:
- क्रेडिट3 वा डेबिट कार्ड
- बैंक खाता
- Western Union लोकेसनमा क्यास
- मोबाइल वालेट
6. आफ्नो ट्रान्सफर सारांशको समीक्षा गर्नुहोस्
7. पेस गर्ने विकल्प चयन गर्नुहोस्।
सुझावहरू:
- हरेक प्रापकको देशमा सेवाको उपलब्धता फरकफरक हुन सक्छ4।
- तपाईं आफ्नो प्रोफाइलमा आफ्नो प्रापकको विवरण थप्न वा मेटाउन सक्नुहुन्छ।
- तपाईंसँग तपाईंका प्रापकहरूलाई सोही बराबरको रकम पुनः पठाउने विकल्प हुन्छ।
एजेन्ट लोकेसनमा वा स्टोरमा
तपाईं आफै गएर पैसा पठाउन चाहनुहुन्छ भने Western Union एजेन्ट लोकेसन मा जानुहोस् र नगद वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुहोस्5।
तपाईं नगद पठाउन चाहानुहुन्छ भने तपाईं अझै पनि समय बचत गर्नका लागि हाम्रो स्टोरमा भुक्तानी गर्ने सेवामार्फत आफ्नो मनी ट्रान्सफर अनलाइन सुरु गर्न र त्यसपछि हामो कुनै एजेन्ट लेकेसन मा गई नगद भुक्तानी गर्न सक्नुहुन्छ।
स्टोरमा भुक्तानी गर्न:
- पहिला westernunion.com वा Western Union एप मार्फत आफ्नो Western Union खातामा लग इन गर्नुहोस्।
- स्टोरमा भुक्तानी गर्ने विकल्प चयन गर्नुहोस्।
- नजिकैको एजेन्ट लोकेसन मा जानुहोस् र आफ्नो फोन नम्बर प्रदान गर्नुहोस् र पैसा ट्रान्सफरको प्रक्रिया पूरा गर्न भुक्तानी गर्नुहोस्।
तपाईं हाम्रो ट्रान्सफर ट्र्याक गर्ने सेवा प्रयोग गरी आफ्नो पैसा ट्रान्सफरको स्थिति जाँच गर्न सक्नुहुन्छ।
सुपरस्क्रिप्टहरू:
1 Western Union मार्फत पैसा पठाउन वा प्राप्त गर्नका लागि तपाईं कम्तीमा पनि 18 वर्षको हुनैपर्छ।
2हरेक देशका भुक्तानी र प्राप्त गर्ने तरिकाहरू फरकफरक हुन्छन्।
3कार्ड जारीकर्ताका नगद अग्रिम शुल्क र सम्बन्धित ब्याज शुल्कहरू लागू हुन सक्छन्। यी फीस र शुल्कहरूबाट बच्न डेबिट कार्ड प्रयोग गर्नुहोस्।
4हामी तपाईंलाई सेवा, पठाउने रकम र प्रापकको देशको आधारमा तपाईंलाई आफ्नो पहिचान प्रमाणित गर्न लगाउन सक्छौँ।
5 यो सेवा केही एजेन्ट लोकेसनहरूमा मात्र उपलब्ध छ।