तपाईंले Western Union बाट भएको दाबी गर्ने कसैबाट इमेल प्राप्त गर्नुभयो र तपाईं यसका बारेमा अनिश्चित हुनुहुन्छ भने, मेलमा कुनै पनि लिङ्कहरूमा क्लिक नगर्नुहोस्। यो तपाईंबाट संवेदनशील जानकारी प्राप्त गर्ने “फिसिङ” प्रयास हुन सक्छ। यसको सट्टा, कृपया तुरुन्तै Western Union को ग्राहक सेवा केन्द्र नम्बर 0034-800-400-733 (जापानबाट टोल फ्री) मा सम्पर्क गर्नुहोस् वा नजिकको एजेन्ट स्थानमा जानुहोस्।
Western Union ले तपाईंलाई तपाईंको प्रयोगकर्ता आइडी, पासवर्ड वा क्रेडिट कार्ड विवरणहरू सोध्न इमेलहरू पठाउने छैन।